पोखरामा धरान घर बताउने राईको शव फेला
पाेखरा | भदौ २१, २०८०
पोखरा: पोखरा महानगरपालिका ५ प्रस्याङमा धरान घर बताउने एक पुरुषको शव फेला परेको छ ।
पोखरामा विगत केही वर्ष यता बेवारिसे अवस्थामा बस्दै आएका धरान घर बताउने कुमार राई नाम गरेको एक पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए ।
‘पोखरा ५ प्रस्याङ सडक किनारामा एक पुरुषमा शव फेला परेको सूचना पछि आवश्यक अनुसन्धान गर्दै जाँदा सडकमा बेवारिसे अवस्थामा हिड्ने व्यक्तिको भएको जानकारी पायौं’, डीएसपी जोशीले भने, ‘सडकमा सँगै खाने, बस्ने हिडडुल गर्ने उसको साथीसँग बुझ्दा नाम कुमार राई र घर धरान बताउने गरेको अनुसन्धानमा खुल्न आएको छ ।’

उनले शवको प्रारम्भिक अनुसन्धानपछि पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको बताए ।
वडा प्रहरी कार्यालय बैदामले प्रारम्भिक अनुसन्धानमा शव फेला परेको पुरुषको नाम कमार राई र घर धरान बताएपनि शवको पहिचान हुन नसकेको जनाएको छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

